सांसद नन्दलाल रोकायको पहलमा खेलकुद ग्राम
बाँकेको खजुरा गाउँपालिका वडा नं- २ शुक्र भलिबल स्टेडियमसंगै खेलकुद ग्राम निर्माणको काम शुरु भएको छ ।
बाँके क्षेत्र नं. ३ का सांसद नन्दलाल रोकायको पहलमा शुरु हुन लागेको उक्त खेलकुद ग्राममा फुटबल, भलिबल, पौडी पोखरी, बहुउद्देश्यीय कभर्डहल, जिम हल, पार्किङ, खेलाडी आवाशिय भवन निर्माण गरिने खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार तथा खेलकुद विकास समिति प्रदेश ५ का निवर्तमान अध्यक्ष भीम ओलीले जानकारी दिए









