नियमित समाचार

स्वास्थ्य परामर्शका लागि बाँकेका सबै तहका हेल्थ असिष्टेण्टको फोन नम्बर थाहा पाउनुहोस्

स्वास्थ्य परामर्शका लागि बाँकेका सबै तहका हेल्थ असिष्टेण्टको फोन नम्बर थाहा पाउनुहोस्

   
नेपालगन्ज : लकडाउनका समस्यामा स्वास्थ्य समस्या भए के गर्ने ? त्यसका लागि तपाईले बाँकेका हेल्थ असिष्टेण्टलाई सम्पर्क गर्न सक्नुहुने छ । हेर्नुहोस् सम्पर्क नम्बर ।
दशगजामा धर्नामा बसे नेपाली : भारतको क्वारेन्टाइनमा बस्न मानेनन्, नेपाल भित्रिन दिनुपर्ने अडान

दशगजामा धर्नामा बसे नेपाली : भारतको क्वारेन्टाइनमा बस्न मानेनन्, नेपाल भित्रिन दिनुपर्ने अडान

   
नेपालगन्ज २० चैत : जमुना नाकामा तीनदिन देखि  अलपत्र नेपालीको व्यवस्थापन चूनौतीपूर्ण बनेको छ । कोरोना संक्रमण रोक्न नेपाल र भारतका नाका बन्द छन् भने दुवै देशमा लकडाउन गरिएको छ । यस्तो अवस्थामा पनि दुवै देशका नागरिक पैदल नै आआफ्नो देश जाने भन्दै सीमासम्म आइपुगेका छन् । उनीहरुलाई आफ्नो देश प्रवेशमा भने रोक लगाइएको छ । बिकल्पमा नेपालमा रहेका भारतीय नागरिकलाई नेपाल र भारतमा रहेका नेपाली ना
खेतको चिसो र लामखुट्टेका कारण जमुनाहमा अलपत्र नेपाली बिरामी पर्न थाले

खेतको चिसो र लामखुट्टेका कारण जमुनाहमा अलपत्र नेपाली बिरामी पर्न थाले

   
नेपालगन्ज १९ चैत : समयमै उद्धार नहुँदा जमुनाहमा अलपत्र नेपाली खेतको चिसो र लामखुट्टेका कारण विरामी पर्न थालेका छन् । खुल्ला आकाश र चिसो भुईमा डेढ सय नेपाली रात दिन काटिरहे पनि उद्धारमा कुनै चासो दिइएको छैन । सीमा अलपत्र नागरिकको उद्धार र व्यवस्थापनमा संघ र प्रदेश नं. ५ सरकारको निर्णय बाझिएको छ । प्रदेश सरकारले अलपत्र नागरिकको उद्धार गर्ने निर्णय गरेको छ भने संघीय सरकारको निर्देशन भन्द
कोरोना बिरुद्ध लड्नेहरु नै बाझाबाझमा

कोरोना बिरुद्ध लड्नेहरु नै बाझाबाझमा

   
नेपालगन्ज १८ चैत : कोरोना संक्रमणको बिरुद्ध जोखिमको प्रवाह नगरी आ-आफ्नो काममा खटिएका नेपालगन्जका प्रहरी र स्वास्थ्यकर्मी एक अर्का बिरुद्ध बाझाबाझ गरिरहेका छन् । त्यसमा अझ सामाजिक क्षेत्रमा काम गर्नेहरु पनि थपिएपछि कोरोनाको सन्त्रासमा रहेको नेपालगन्जले अलग्गै विषय पाएको छ । बुझ्ने र अरुलाई बुझाउने तहमा रहेकाहरु नै यसरी एक-अर्का बिरुद्ध बाझाबाझमा उत्रिए पछि लकडाउनको अनुशासन पालना गरेर घरमा ब
दुःखमा परेकालाई लंगरको भोजन

दुःखमा परेकालाई लंगरको भोजन

   
नेपालगन्ज १८ चैत : लंगर अर्थात शिख समूदायले निःशुल्क प्रदान गर्ने शाकाहारी भोजन । धार्मिक काममा मात्र होइन ठूला संकट वा महामारी पर्दा भोक प्यास मेटाउन लंगर बरदान सावित हुन्छ । हो, यही लंगर अहिलेको कोरोना संक्रमणको संकटमा फसेकाको भोक टार्न उपयोगी भइरहेको छ । नेपालगन्ज बिपीचोकमा रहेको गुरुद्धारा श्री गुरुनानक सिंह सभाले लंगर मार्फत सीमाबाट उद्धार गरेर क्वारेन्टाइनमा राखिएका नेपालीलाई भो
आवत-जावत रोक्न नाममा जथाभावी नगर्न मुख्यमन्त्री पोख्रेलको अनुरोध

आवत-जावत रोक्न नाममा जथाभावी नगर्न मुख्यमन्त्री पोख्रेलको अनुरोध

   
नेपालगन्ज १८ चैत : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आवतजावत रोक्ने नाममा जथाभावी नगर्न अपील गरेका छन् । लकडाउन प्रभावकारी बनाउने नाममा बिभिन्न स्थानमा नागरिकले स्वस्फुर्तरुपमा अनावश्यक काम गरिरहेको प्रति संकेत गर्दै मुख्यमन्त्रीले त्यस्तो सुझाव दिएका हुन । सामाजिक सन्जालमा मुख्यमन्त्रीले यस्तो भनेका छन्,-
नेपालगन्जको अर्थतन्त्र : उत्साहित लगानीकर्तालाई कोरोनाले दिएको निरासा

नेपालगन्जको अर्थतन्त्र : उत्साहित लगानीकर्तालाई कोरोनाले दिएको निरासा

   
  नेपालगन्ज १८ चैत :  कोरोना भाइरसले गर्दा बिश्व अर्थतन्त्र तहसनहस भएको छ । त्यसबाट नेपाल र अझ पश्चिम नेपालको आर्थिक केन्द्र नेपालगन्ज अछुतो रहने कुरै भएन । होटल एवं पर्यटन व्यवसाय नराम्रो गरी प्रभावित भएका छन् भने उद्योगहरु ठप्प छन् । देखिने र नदेखिने नोक्सानीको हिसाव किताव गरि साध्य छैन् । यतिबेला नेपालगन्जको निरासामा उत्साह थप्ने लगानीकर्तालाई कोरोनाले निरास पक्कै बनाएको छ
गृह मन्त्रालयद्धारा सहायताको नाममा चन्दा उठाउने र आफूखुसी वितरण गर्न रोक

गृह मन्त्रालयद्धारा सहायताको नाममा चन्दा उठाउने र आफूखुसी वितरण गर्न रोक

   
गृह मन्त्रालयले लक डाउनका बेला नागरिकले सहायताको नाममा चन्दा उठाउने र आफूखुसी वितरण गर्न नपाउने निर्णय गरेको छ। आइतबार आपूर्ति व्यवस्थापनलाई सहज बनाउन गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकले सहयताको नाममा चन्दा उठाउन र वितरण गर्न नपाउने निर्णय गरेको हो। कुनै संघ, संस्था वा व्यक्तिले सहायता दिन चाहेमा भने स्थानीय तहमा सम्पर्क गरी वितरण गर्न सकिने छ। त्यस्तै मन्त्रालयले आपूर्ति व
जमुुनाहमा अलपत्र नेपाली, गृहको आदेश कुर्दै प्रशासन

जमुुनाहमा अलपत्र नेपाली, गृहको आदेश कुर्दै प्रशासन

   
नेपालगन्ज १७ चैत : नेपाल–भारत सिमा क्षेत्र रुपैडिहा दुई सय नेपाली अलपत्र परेका छन् । भारतको बिभिन्न स्थानबाट सिमा क्षेत्रमा आइपुगेका दुई सय नेपालीहरु सिमा नाका बन्द गरिएकाले भारतीय क्षेत्र रुपैडिहामा अलपत्र परेका हुन । रुपैडिहा निवासी पत्रकार सन्तोष शुक्लाका अनुसार भारतीय सीमा बलमार्फत नेपाली अधिकारीहरुको समन्वयमा नेपाल पठाउने प्रयास भैरहेको छ । तर सोमबार साँझसम्म कुनै समन्वय हुन सकेको छैन । अल