आज बिहान ११ बजे उम्मेदवारी दर्ता गर्दै समावेशी प्यानल, सचिवालयमा जम्मा हुन निम्तो
नेपालगञ्ज २६ पुस - नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलले आज शनिवार ११ बजे उम्मेदवारी दर्ता गर्ने भएको छ । बिहान ११ बजे उक्त प्यानलको सचिवालय न्यूरोडबाट उम्मेदवारी दर्ता कार्यक्रम रहेको निर्वाचन परिचालन समितिका संयोजक ईश्वर प्रसाद पोख्रेलले बताए ।
उक्त प्यानलबाट अध्यक्षमा चुन्ना, उपाध्यक्ष (वाणिज्य) तर्फ ज्









