सबैभन्दा ठुला उद्योग भएको जानकीमा लिंकरोड निर्माण शुरु, उद्योग सञ्चालनको कठिनाई हट्ने
जानकी,२६ भदौ -बाँकेको जानकी गाउँपालिका भित्रको मुख्य सडक निर्माण कार्य बिहीवारदेखि शुरु भएको छ । वडा नं. ६ गनापुर स्थित पिप्रहवा चोकदेखि वडा नं. ४ खजुराखुर्दको नहर चोक हुँदै नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी निर्माण कार्य शुरु गरिएको सडकको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले शिलान्यास गर्नुभएको छ ।
गनापुर पिप्रहवा चोकदेखि खजुराखुुद्र्धको नहर चोकसम्म ७ किलोमिटर लम्वाई रहेको सडकको चौडाई









