आहा ! कुपिन्डे ताल
नेपालगञ्ज - रङ बदलिरहने कुपिन्डे ताल सुनसान छ । प्राकृतिक, सांस्कतिक तथा ऐतिहासिक महत्वका हिसाबले यो तालको महत्व र महिमा ब्यापक हुँदै छ । सल्यान जिल्लामा पर्ने कुपिन्डे तालले पर्यटकको मन लोभ्याइरहेको छ । चैत्रदेखि जेठ अन्तिमसम्म आउने पर्यटक कुपिन्डेको सुन्दरताभित्र हराउँछन र उसको निर्मल र शान्त अनुहारलाई मनमा कैद गरेर फर्किछन् । सल्यानको बनगाँड कुपिन्डे नगरपालिकापर्ने यो ताल आजभोलि ग्रामीण पर्यट









