सवारी चलाउन सिक्न नेपालगन्ज उपमहानगरमा कोटा भन्दा धेरै महिलाको निवेदन
नेपालगन्ज,२८ चैत : सवारीसाधन प्रशिक्षणका लागि नेपालगन्ज उपमहानगरपालिकामा कोटा भन्दा धेरै महिलाको निवेदन परेको छ । २५ जना महिलालाई जिप,कार जस्ता हलुका सवारीसाधनको प्रशिक्षण दिनका लागि नेपालगन्ज उपमहानगरपालिकाले चैत १८ गते सार्वजनिक सूचना जारी गरेको थियो । हालसम्म २७ जना महिलाले प्रशिक्षणका लागि निवेदन दिएको उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत शरद पौडेलले जानकारी दिए ।
निवेदन दिने मिति बैशाख २ गत









