फेसबुक वार्ता : साझा चौतारी बनेको छ
क्यान महासंघका अध्यक्ष सुदिप शर्माका लागि सामाजिक सन्जालको प्रयोग नौलो हुने कुरै भएन । सूचना प्रविधिको अभियानता शर्माले लामो समयदेखि सामाजिक सन्जालको प्रयोग गर्दै आएका छन् । फेसबुक सबैभन्दा धेरै प्रयोग गर्छन् । त्यस बाहेक ह्वाट्सऐप, भाईबर पनि उत्तिकै मात्रामा प्रयोग गर्ने गरेको शर्मा बताउँछन् । उनी भन्छन्,–‘तर फेसबुक भनेको फेसबुक नै हो । सरल, सहज अझ भन्दा सामाजिक सन्जालको पर्यावाची भनेकै फेसबु








