भ्रमण वर्ष बिशेष : संसारले चिनेको बर्दिया
नेपालगञ्ज १५ पुस - न्युयोर्ककी क्याथरिन पार्कर-मग्यरले संसारभर भ्रमण गर्नका लागि १० वटा गन्तब्यलाई मुख्य प्राथमिकतामा राख्दै आफ्नो अनुभव लेखेकी छन् ।
गत शनिवार उनको यो अनुभवसहितको लेख ‘फोर्ब्स्’ मा प्रकाशित छ । मग्यरले उल्लेख्य पर्यटकीय गन्तव्यअन्तर्गत इक्वेडर, न्युजिल्याण्ड, पेरू, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्याण्ड र केन्यालगायत १० वटा गन्तब्यमध्ये नेपाललाई एक नम्बरमा सूचीकृत गरेकी छन् ।









