कर सम्बन्धी नजीर बन्यो नेपालगञ्जको त्यो पुरानो बिडी उद्योगको मुद्दा
नेपालगञ्ज -२०४३ सालमा नेपालगञ्जको एउटा बिडी उद्योगले अर्थमन्त्रालयलाई बिपक्षी बनाई सर्वोच्च अदालतमा दर्ता गरेको रिट र त्यसउपर भएको फैसला कर सम्बन्धी नजीर बनेको छ । उक्त नजीरलाई २०७३ सालमा राजश्व बिभागले सार्वजनिक गरेको सर्वोच्च अदालतको कर सम्बन्धी फैसला/नजीर संग्रहमा समावेश गरेको थियो । कर तथा राजश्व क्षेत्रमा काम गर्ने कर्मचारी र सरोकारवाला निकायको अध्ययनका लागि उक्त संग्रह प्रकाशित गरिएको हो









