नेपालगन्जमा विद्युत नियमित गर्न प्राधिकरणका पाँच प्रतिवद्धता, पुरा गरे नगरेको अनुगमन गरिने
नेपालगन्ज : नेपालगन्जका विभिन्न संघसंस्था र सामाजिक अगुवाहरु जिल्ला प्रशासन कार्यालयमा भेला भएर विद्युत सेवा नियमित गर्न माग गरेका छन् । नेपालगन्जमा विद्युत् कटौतिको समाधानको विषयमा छलफल गर्न भेला बोलाइएको थियो ।
प्रशासनसँग अनुरोध गरेर विद्युत् प्राधिकारण नेपालगन्ज वितरण केन्द्रका प्रमुख लखनलला मलिक र प्राधिकरणको डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख सुभाष गौतमलाई समेत भेलामा बोलाइएको थियो









