बजेटमा समेटिएका लुम्बिनीका पूर्वाधार विकास
नेपाल सरकारले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको छ । बजेटमा लुम्बिनीका राष्ट्रिय गौरवका योजनाहरू, लुम्बिनी विकास गुरुयोजना र अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलका साथै अन्य महत्वपूर्ण आयोजना समावेश भएका छन् ।
लुम्बिनी प्रदेशको रुपन्देहीबाट प्रतिनिधिसभामा निर्वाचित अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रदेशमा भौतिक पूर्वाधार, पर्यटन, उद्









