सरकारी स्कुलका विद्यार्थीका लागि नरैनापुर गाउँपालिकाले किन्यो बस
नरैनापुर ( बाँके) १० पुस - नरैनापुर भन्ने वित्तिकै विकट ठाउँको सम्झना आउँछ धेरैलाई । बाटो नपुगेको, स्कुल कलेज नभएको यस्तै यस्तै । तर अब त्यस्तो छैन नरैनापुर ! स्थानीय तहको गठनसंगै विकासका काम धमाधम भइरहेका छन् । अहिले फेरिदै छ, नरैनापुर ।
पूर्वाधार विकासमा मात्र होइन शिक्षा, स्वास्थ्य जस्ता संवेदनशिल क्षेत्रमा समेत गाउँपालिकाले प्राथमिकता दिएको बताउँछन्, गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह ।