सिमेन्ट उद्योगीको निर्णय : साउन १ बाट उधारोमा विक्री बन्द,बाँकी रकम नदिने कालोसूचीमा
काठमाडौ । उद्योगले साउन १ गतेदेखि उधारोमा सिमेन्ट नबेच्ने निर्णय गरेका छन् । नेपाल सिमेन्ट उत्पादक संघमा भेला भएर सम्पूर्ण उद्योगीले भोली (साउन १) बाट उधारोमा सिमेन्ट नबेच्ने सहमति गरेका छन् ।
उधारो, मूल्य, बोनस र कमिसनमा समेत अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि उद्योगीले सम्पूर्ण कारोबार नगदमै गर्ने निर्णय भएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले क्यापिटल नेपालालाई जानकारी दिए ।









