सल्यान, रुकुम पश्चिम र सुर्खेतमा विद्युत आपूर्ति अनियमित, कहिले बन्छ सुब्बाकुना सवस्टेशन ?
जाजरकोट। सुर्खेतको आधा, सल्यानको आधा भाग र रुकुमपश्चिम र जाजरकोटमा विद्युत वितरण अनियमित हुने गरेको लामो समय बिते पनि समस्या हटेको छैन।
सुर्खेतको सुव्वाकुनामा १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माण भए तीन जिल्लाको विद्युत् आपूर्तिमा सुधार आउने बताइए पनि नेपाल विद्युत प्राधिकरणले कामलाई गति दिन सकेको छैन। कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइन निर्माणका लागि वातावरणीय प्रभाव मूल्य









