बाँकेमा ‘लकडाउन’ उल्लंघन गर्नेलाई यसरी नियन्त्रणमा लिइन्छ
नेपालगन्ज २५ चैत : लकडाउन उल्लंघन गर्नेलाई बाँके प्रहरीले इम्प्रोभाइज्ड म्यान क्याचर स्टिकको प्रयोग सुरु गरेको छ । लकडाउन उलङ्घन गर्नेको सँख्या बढ्दै गएपछि बाँके प्रहरी आफैले स्टिक निर्माण गरी प्रयोगमा ल्याएको हो ।
मंगलबार नेपालगन्जका बिभिन्न क्षेत्रबाट म्यान क्याचर स्टिक सहित प्रहरी परिचालन भएका थिए । स्थानिय विपि चोकबाट सुरु गरिएको कारबाही अभियानका दौरान बेलुका ७ बजेसम्म २ महिला सहित ४८ ज









