नेपालगन्जमा मंगलबारदेखि ‘कोशेली घर’ खुल्दै, पाइने छन् यस्ता सामाग्री
नेपालगन्ज, २२ बैशाख : महिला उद्यमी संघ बाँकेले नेपालगन्जमा ‘कोशेली घर’ सन्चालन गर्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा यही बैशाख २४ गतेदेखि कोशेली घर सुरु गर्न लागेको संघकी महासचिव सावित्री बस्नेतले जानकारी दिनुभयो ।
‘जिल्लाको ग्रामिणक्षेत्रमा उत्पादन भएका आर्गनिक र हस्तकलाका सामाग्री बिक्री बितरण गर्ने गरी यो कोशेली घर सन्चालन गर्दैछौं ।’ बस्नेतले भन्नुभयो,–‘यसमा महिलाका उत्पादनलाई









