रोल्पाको तरकारीले पाएन बजार
रोल्पा । व्यावसायिक तरकारी खेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसान तरकारी विक्री नभएपछि बारीको तरकारी गाईभैंसीलाई खुवाउन बाध्य भएका छन् । जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले तरकारी विक्री नभएपछि बारीको तरकारी गाईभैंसीलाई खुवाउनुका साथै निःशुल्क बाँड्न बाध्य भएका हुन् ।
बन्दा, काउली, ब्रोकाउलीजस्ता तरकारी स्थानीय तथा बाह्य बजारमा विक्री नभएपछि ऋणको मारमा परिन