पाँच वर्षदेखि बेपत्ता छोरालाई भेट्दा आमाका आँखामा आँशु
नेपालगन्ज : बाँके खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन जना युवालाई पाँच वर्षपछि बाँके प्रहरीले उद्धार गरी घर फर्काएको छ । पाँच वर्षदेखि बेपत्ता छोरालाई भेटेपछि उनीहरुका अभिभावकहरु भक्कानिएर रुँदै छोरालाई अंगमाल गरे । उनीहरुको आँखामा निरन्तर आँशु झरिरह्यो । जिल्ला प्रहरी कार्यालय बाँकेको कोठामा सन्नाटा छायो । सबै निःशब्द थिए । अभिभावकले छोरा भेटाइदिने प्रहरीलाई धन









