खजुराखुर्दमा स्टील इण्डष्ट्रिज संचालनमा आयो, वार्षिक २५ हजार टन उत्पादनको लक्ष्य
नेपालगन्ज : निर्माण सामाग्रीको व्यापारमा संलग्न व्यवसायीको लगानीमा बाँकेको खजुरामा सगरमाथा स्टील इण्डष्ट्रिज संचालनमा आएको छ । उद्योगले पहिलो चरणमा जिआइ वायर (फलामे तार) उत्पादन गर्दै परीक्षण उत्पादन शुरु गरेको छ ।
उद्योगका संचालक राहुल साहेवालाले वार्षिक २५ हजार टन उत्पादन क्षमता रहेको यो उद्योगले जिआई वायर, बार्ब्ड वायर (काँडेतार) र रिब्ड वायर (टोरकारी) उत्पादन गर्ने जानकारी दिए ।'यहाँको बजारमा