भारतीय सरकारी बैंकको निजीकरणले उठाएका प्रश्न
आर्थिक अभियानबाट
भारतमा औद्योगिक नीति १९९२ ले ठूलो क्रान्ति ल्यायो र भारतको आर्थिक विकासको लागि ठूलो सहयोग पुर्यायो । उक्त समयमा आणविक क्षेत्र, रेल क्षेत्रबाहेक प्रायः क्षेत्रमा निजी लगानी भित्र्याइयो; तर कतिपय भारतीय बैंकमा भारत सरकारको स्वामित्व कायम नै राखियो । सन् १९५५ देखि नै राष्ट्रियकरण गर्न थालिएको यी बैंकहरू प्रायः १९६९ मा आएर विस्तृत रूपमा राष्ट्रियकरण गरियो । त्यसपश्चात् सरकार









