घुम्ने होइन त गुर्भाकोट ?
ध्रुवकुमार अधिकारी
सुर्खेतको गुर्भाकोट कर्णाली प्रदेशको उदयमान नगरपालिकाका बनेको छ । प्रदेश राजधानी विरेन्द्रनगर भन्दा पूर्व पर्ने यो नगरपालिका साविकका मालारानी, सहारे, धारापानी, मेहेलकुना, गुमी, घुमखहरे र दहचौर गाविस मिलेर बनेको छ । पूर्व र दक्षिणमा सल्यान जिल्ला, पश्चिममा भेरीगंगा नगरपालिका, उत्तरमा सिम्ता र चिङ्गाड गाउँपालिका रहेका छन् । करिब ४४ हजार जनसंख्या रहेको यस नगरपालिकाको क्ष









