अर्थमन्त्री ज्यू ! यो त अति अन्याय भएन र ?
अर्थमन्त्री डा. युवराज खतिवडाको निर्देशनमा आन्तरिक राजस्व विभागले जेठ २५ सम्म राजस्व नबुझाएमा अर्को दिनदेखि जरिवाना लाग्ने सूचना जारी गरेको छ ।
लकडाउनका कारण आम नागरिकहरु घर भित्रै छन् ।
आवत जावतमा समेत रोक लगाएको सरकारले कर उठाउन भने कठोर नीति अपनाएको छ ।
अर्थसचिवसँगको परामर्शपछि अर्थमन्त्री खतिवडाले अर्थसचिवलाई कर उठाउन निर्देशन दिएपछि आन्तरिक राजश्व विभागले सूचना निकालेको बताइएको छ ।
सरकारक