बिदाईमा कुलमान घिसिङले के भनेका थिए, पढ्नुहोस् मन्तव्यको पूर्णपाठ
नेपाल सरकारले २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र मबीच प्राधिकरण सुधारका विभिन्नसूचकांकहरु तयार गरी कार्यसम्पादन सम्झौता भएको थियो ।
ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष (आव) २०७३/७४मा ८८.१९, आव ०७४/७५मा ८७.९८, आव ०७५/७६म









