बैंकर्स संघकाे निर्णय – अत्यावश्यक बाहेकका सामाग्रीकाे एलसी नखोल्ने
काठमाडौँ — वाणिज्य बैंकहरुले निजी गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइल लगायत सामाग्री आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने भएका छन् । राष्ट्र बैंकले अत्यावश्यकबाहेक सामग्रीका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएको एक सातापछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार उक्त निर्णय गरेको हो ।
‘संघको अर्को बैठकले निर्णय नगर्दासम्मका लागि निजी गा