कालोसूचीमा रहेका ऋणीलाई ६ महिनासम्म राहत !
काठमाडौं। नेपाल राष्ट्र बैंकले कालोसूचीमा रहेका ऋणीलाई ६ महिनासम्म राहत दिने व्यवस्था गरेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसकेका ऋणीलाई राहत दिने व्यवस्था गरेको हो।
उक्त समीक्षामा ‘परिस्थितिजन्य कारणले तत्काल ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई कालोसूचीमा समावेश नगर्ने र कालोसूचीमा रहेका ऋणीले कर्जा चुक्ता गर्ने उचि








