फकाएर ऋण उठाउन बैंकको सर्कुलर
काठमाडौं । ऋणीलाई अनावश्यक दबाब दिएर ऋण उठाइरहेको समाचार बाहिरिएपछि फकाएर ऋण उठाउन बैंकहरुले आन्तरिक सर्कुलर गरेका छन् ।
कुनै पनि ऋणीलाई अनावश्यक दबाब, धम्क्याएर साँवा ब्याज तथा किस्ता नउठाउन बैंकहरुले आफ्ना शाखाहरुलाई निर्देशन दिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।
राष्ट्र बैंकले पनि ऋणीलाई फकाएर मात्रै साँवा ब्याज उठाउन निर्देशन दिएको छ । सोही अनुसार सम्पूर्ण









