ब्रेकिङ न्यूज

भारतीय मिडियाको  ‘खूवसुरत देश’ को सूचिमा नेपाल

भारतीय मिडियाको ‘खूवसुरत देश’ को सूचिमा नेपाल

   
नेपालगन्ज ८ असोज :  नेपालप्रति भारतको धारणा सकारात्मक नरहेको धेरै नेपालीको बुझाई छ । तर पर्यटनका क्षेत्रमा भने भारतीयले नेपाललाई खूबसुरत देशको सूचिमा राख्दै घुम्न प्रेरित गरेको छ । तर बिश्वभरको कोरोना महामारीका कारण तत्काल घुमघाम भने असम्भव जस्तै छ । यद्यपी महामारी सकिएपछि विना भिषा घुम्न सकिने खूबसुरत देशको सूचिमा भारतीय समाचार च्यानल आजतकले नेपाललाई पनि प्राथमिकता दिएको छ । आजतकले भ
सिभिल बैंकले शुरु गर्यो किसान समृद्धि कार्डको सुविधा

सिभिल बैंकले शुरु गर्यो किसान समृद्धि कार्डको सुविधा

   
काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले किसानहरुको समृद्धिको लागि किसान समृद्धि कार्डको सुबिधा संचलनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने निती अनुरुप सम्पूर्ण कृषकहरुको समृद्घिको लागि बैंकले यस कार्ड सेवाको सुरुवात गरेको हो । कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानील
मलेसियामा नेपालीको दुःख-पन्जा बनाउने मजदुरका हातले आँशु पनि पुछ्न भ्याउँदैनन्

मलेसियामा नेपालीको दुःख-पन्जा बनाउने मजदुरका हातले आँशु पनि पुछ्न भ्याउँदैनन्

   
शशांक बंगाली (लस एन्जल्स टाइम्स) सिंगापुर, असोज ८ उनीहरू साताको छ दिन दैनिक बाह्र घन्टाको सिफ्ट मा काम गर्छन्। कारखानाको तापक्रम झन्डै ४० डिग्री सेल्सियससम्म पुग्छ। बीचमा एकैछिन खाना खान छुट्टी हुन्छ। बिरामी पर्दा हत्तपत्त विदा पाइँदैन। शौचालय जाँदा अलि बढी समय लाग्यो भने पनि तलब काटिन्छ। मबचबश दिनभरीको थकानपछि जब निद्राले चूर हुन्छन्, उनीहरू सिंगो जन्ती अटाउने कोठामा लश्करै पल्टन्छन्।
कोभिडमा उद्योगी/व्यवसायीले भोग्नुपरेको मुख्य पाँच समस्या

कोभिडमा उद्योगी/व्यवसायीले भोग्नुपरेको मुख्य पाँच समस्या

   
नेपालगन्ज ८ असोज :  लकडाउनको अवधिमा उद्योगी, व्यवसायीले धेरै समस्या भोग्नुपर्यो । लकडाउन खुकुलो भए पनि समस्या भने अझै थुप्रै छन् । नेपाल राष्ट्र बैंकले गत असारमा कोभिडका कारण अर्थतन्त्रमा परेको प्रभावका विषयमा एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । जस अनुसार बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी तीन चौथाइ भन्दा बढी (७७.२ प्रतिशत)उद्योग/व्यवसायहरुले तलब/ ज्याला, घरभाडा र बैंक किस्ताज
हाजी खुर्सिद जसले नेपालगन्जमा ‘मार्ट कन्सेप्ट’ भित्र्याए,राही मार्टलाई चिनाए

हाजी खुर्सिद जसले नेपालगन्जमा ‘मार्ट कन्सेप्ट’ भित्र्याए,राही मार्टलाई चिनाए

   
नेपालगन्ज ७ असोज :  नेपालगन्जको धम्वोझीचोकमा रहेको राही मार्टका सन्चालक हाजी खुर्सिद अहमद राहीको निधन भएको छ । मार्टका रुपमा स्थापित ब्राण्ड बनाउन सफल यि व्यवसायीको निधनले धेरैलाई स्तब्ध बनाएको छ । सामाजिक सन्जालमा उनलाई श्रद्धान्जली दिनेको संख्या धेरै देखियो । नामले नचिनेकाले राही मार्ट भनेर भने सबैले चिन्थे । भाटभटेनी देशभर चिनिए झैं राही मार्ट नेपालगन्जमा सबैभन्दा ठूलो मार्टका रुपम
पर्यटनमा भविष्य खोज्दै खड्कबार

पर्यटनमा भविष्य खोज्दै खड्कबार

   
नेपालगन्ज ७ असोज :  कोहलपुर नगरपालिकामा पर्ने खड्कबार पर्यटनमा आफ्नो भविष्य पहिल्याउँदै छ । पहाडी जिल्लाबाट नेपालगञ्ज हाट आउन प्रयोग गरिने पुरानो खडकबार–घुइयाबारी सडक ब्यूताउने पहल पहिल्यैदेखि नै हुँदै आएको छ । सुर्खेत पूर्व, सल्यान, रुकुम, जाजरकोटका स्थानीय समेत कुनै बेला यही जङ्गलको बाटो प्रयोग गर्दै हाट आउथे । यातायातको सुविधासंगै उक्त बाटोको प्रयोग पहिले जस्तो हुन छाड्यो । छोटो दुरी भएका
बाँके र दाङका तीन महिलालाई २५ हजार राशीको उत्कृष्ट लघुउद्यमी पुरस्कार

बाँके र दाङका तीन महिलालाई २५ हजार राशीको उत्कृष्ट लघुउद्यमी पुरस्कार

   
नेपालगन्ज ६ असोज : स्वावलम्बन विकास केन्द्रले तीन जना उत्कृष्ट लघुवित्त उद्यमी महिला सदस्यहरुलाई लघुवित्त उद्यमशीलता विकास पुरस्कार प्रदान गर्ने निर्याय गरेको छ । पुरस्कृत हुनेमा वाँके जिल्लाको राँझा स्थित बंगुरपालन व्यवसाय सञ्चालन गर्दै आएकी मनु थापा मगर, दाङ जिल्लाको लमही स्थित पशुपालन तथा तरकारी ब्यवसाय सञ्चालन गर्दै आएकी गीता चौधरी र वाँके जिल्लाको नेपालगंज स्थित गाईपालन तथा तरकारी व्यवसाय
बर्दियाका स्थानिय तह र गैससले भेरी अस्पताललाई पठाए ९ सय ६० थान पिसिआर किट

बर्दियाका स्थानिय तह र गैससले भेरी अस्पताललाई पठाए ९ सय ६० थान पिसिआर किट

   
नेपालगन्ज ६ असोज : भेरी अस्पताल नेपालगंजलाई ९ सय ६० थान पिसीआर किट प्राप्त भएको छ । स्वास्थ्य कार्यालय बर्दिया मार्फत बर्दियाका ८ वटै पालिका, कमैया महिला जागरण समाज, स्वास्थ्यका लागी सक्षम प्रणाली र जिल्ला विपद ब्यवस्थापन समितिले समन्वय, सहकार्य गरी किट पठाएका हुन । पिसीआर किटको अपुग भएपछि कोरोनाको जाँच गर्न कठिनाई भएको अस्पतालले बताउँर्दै आएको थियो ।
ऋणमा डुबेको चर्चित व्यापारिक घरानाको कथा-व्यथा, पैसा उठाउन बैंकले थाल्यो प्रक्रिया

ऋणमा डुबेको चर्चित व्यापारिक घरानाको कथा-व्यथा, पैसा उठाउन बैंकले थाल्यो प्रक्रिया

   
काठमाडौं। लकडाउन पूर्ण रुपमा खुलेकै दिन राष्ट्रिय वाणिज्य बैंकले पहिलेदेखि डुबेको एउटा ऋण उठाउने प्रक्रिया अगाडि बढाएको छ। सरकारी स्वामित्वको बैंकले विराटनगरको एक व्यवसायिक घरानासँग करिब अर्ब रुपैयाँ हाराहारी ऋण उठाउने प्रक्रिया थालेको हो। बैंकले मंगतुराम समूहअन्तर्गत रहेका ऋणहरु उठाउने पहल थालेको हो। बैंकले बिहीबार सार्वजनिक सूचना जारी गर्दै समूहलाई ऋण तिर्न आउन भनेको छ। साथै चुक्ता नगरेमा धित
देशकै ठूलो औषधि उद्योग ‘देउराली जनता’ बन्द, ‘क्यास फ्लो’ मुख्य समस्या

देशकै ठूलो औषधि उद्योग ‘देउराली जनता’ बन्द, ‘क्यास फ्लो’ मुख्य समस्या

   
क्यापिटल नेपालबाट काठमाडौ । देशकै ठूलो औषधि उद्योग देउराली जनता फर्मास्युटिकल्स प्रालि २ हप्तादेखि बन्द भएको छ । नगदमा कच्चा पदार्थ किनेर ल्याएर औषधि उधारोमा बेच्दा क्यास फ्लोको समस्या भएपछि व्यवस्थापनले उद्योग बन्द गरेको हो । ‘बजारबाट पैसा उठ्दैन । नेपालमा केही बन्दैन । सबै विदेशबाट कच्चा पदार्थ ल्याएर नेपालमा औषधि बनाउनुपर्छ । औषधि जति उधारोमा बेच्ने किन्ने बेलामा नगदमा किन्ने । कहिल