नयाँ पदाधिकारीको उद्घोष -भेरी अस्पताल सुधारका लागि दिनरात खटिन्छौ
नेपालगन्ज १८ जेठ : पश्चिमको सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पताल र खजुरास्थित क्यान्सर अस्पतालका व्यवस्थापन समितिका नयाँ पदाधिकारीले आईतवार पदभारग्रहण गरेका छन् ।
भेरी अस्पतालको नयाँ व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले पदभारग्रहण पछि अस्पताल सुधारका लागि कुनै असर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।
उनले अस्पताल सुधारका लागि सबै स्वास्थ्यकर्मी एवं कर्मचारीको भूमिका महत्वपूर्ण हुन









