गाभर भ्यालीमा थपियो पूर्वाधार : बन्दै छ आर्कषक पोखरी, बोटिङ्गसम्मको योजना
नेपालगन्ज २५ जेठ : गाभर क्षेत्रमा पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लायन्स गाभर पार्कमा बहुउदेश्यीय पानी पोखरीको पहिलो चरणको काम सम्पन्न भएको छ ।
सिंचाई, माछा पालन र बोटिङको योजना सहित पोखरी निर्माण गरिएको लायन्स पार्क ब्यवस्थापन समितिका अध्यक्ष युवराज शाहले जानकारी दिए ।
पहिलो चरणमा ७० मिटर लम्बाईको पोखरी खनिएको र आगामी वर्ष पोखरीलाई विस्तार गरी पर्यटन मैत्री कृयाकलाप गरिने अध









