भेरी अस्पतालको अनुरोध- कोरोना परीक्षणमा कुनै सन्देह नराख्नुहोला
नेपालगन्ज २४ बैशाख : भेरी अस्पताल नेपालगन्जले कोरोना ( कोभिड -१९) को परीक्षणमा कुनै सन्देह नगर्न अपील गरेको छ ।
कोरोना संक्रमितको पोजिटिभ रिर्पोटका बिषयमा अनावश्यकरुपमा आशंका बढाउने काम भएपछि अस्पतालले त्यस्तो सन्देह गर्नुपर्ने कुनै कारण नभएको स्पष्ट पारेको छ ।
अस्पतालले बुधवार कोरोना परिक्षणको निम्ति थ्रोट स्वाब लिएर गरिने जाँचमा बिश्वस्तरिय मेसिनमा प्रयोग गरिएको, निश्चित प्रकृया र मापदण्ड









