महावीर पुनले भने,–‘स्कुलमा प्रयोग हुने विज्ञान सामाग्री त देशमै उत्पादन गरौं !’
नेपालगन्ज १६ माघ - महावीर पुनले विद्यालयमा आवश्यक पर्ने विज्ञान प्रयोगशालाका सामाग्री देशमै उत्पादन हुनुपर्ने बताएका छन् । त्यसका लागि पहल गर्ने उनको भनाई छ ।
पुन बिहिवार नेपालगन्जका पत्रकारसंग भेटघाट गर्दै थिए । उक्त अवसरमा उनले भने,–‘विद्यालयमा पढाई हुने विज्ञानका सामाग्रीमा समेत विदेशमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गरौं ।’
उनले विज्ञानका सामाग्रीमै लाखौ रुपैया विदेश गएको बताए । ‘त्यस्ता









