विश्व विद्यालयका लागि खजुराले १ सय विगाहा जमिन दिने
नेपालगन्ज, ५ माघ : बाँकेको खजुरा गाउँपालिकाले नेपालगन्ज विश्वविद्यालयका लागि १०० विगाहा जमिन दिने निर्णय गरेको छ । खजुरा गाउँपालिकाको आज आइतवार बसेको ४६ औं बोर्ड बैठकले सो निर्णय गरेको हो ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा क्षेत्रभित्र १०० विगाहा जमिन दिने गरी निर्णय भएको जानकारी दिए । उनले शिक्षा क्षेत्रको विकासका लागि खजुरा गाउँपालिका सँधै अग्रसर रहेको उल्लेख गर्दै विश्वविद्य









