चन्द्र ढकाल : बैंकको सहायकदेखि देशकै ठूलो बैंकको अध्यक्षसम्म
रमेश लम्साल/काठमाडौं
बिहान साढे आठ बजे पानी पोखरीस्थित आइएमई कम्प्लेक्समा पुगेपछि उहाँले घडी हेर्नुभयो र भन्नुभयो, ‘सरी है, मैले तपाईहरुलाई धेरै समय त कुराइन रु’ तर त्यतिबेला साढे आठ बज्न दुई मिनेट बाँकी नै थियो । उहाँले नै हामीलाई बिहान साढे आठ बजेको समय दिनुभएको थियो । हामी त्यसको दुई मिनेटमात्र अघि त्यहाँ पुगेका थियौं ।
उहाँ नजिकका भन्छन, ‘समय उहाँलाई चिन्ने मापनजस्तै हो । समयसँग उहाँ









