डेण्टल सहित १३ फर्निचर उद्योग जले, तीन करोड बढिको क्षती अनुमान
नेपालगञ्ज - नेपालगञ्जको बिपीचोकको फर्निचर उद्योगमा बिहिवार राती ११ बजेदेखि शुरु भएको आगलागी आज बिहान पाँचबजे मात्र नियन्त्रणमा आएको छ । आधा दर्जन दमकलले आगो निभाउँदा समेत नियन्त्रणमा लिन छ घण्टा लाग्यो । फर्निचर उद्योगमा रहेका प्लाईमा अझै आगो रहेकाले नेपालगञ्ज उपमहानगरपालिकाको डोजरबाट हटाइदै छ । आगलागीस्थलमा दमकल स्ट्याण्डबाई राखिएको छ ।
छ घण्टा लागेको आगोले १३ वटा पसल जलेर खरानी भएका छन् । आगल









