प्रधानमन्त्रीले भने,–‘आफूखुशी ब्याज बढाउँदै लैजाने कुरालाई सरकारले नियमन गर्छ’
काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा उहाँले बैंकलाई ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको हो ।
उहाँले बैंकलाई उत्पादनमूलक, रोजगारीका अवसर सिर्जना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरूमा लगानी गर्न









