मार्केटिङ्गमा कहिल्यै नथाक्ने मुरलीधर
बाँके : एउटा झोला सधै उनको साथमा हुन्छ । झोलाबाट व्यवसाय फस्टाएर सफल व्यवसायी बनेको कारणले उनले झोला कहिल्यै छोड्दैनन् । यि हुन, नेपालगन्जका व्यवसायी मुरलीधर शर्मा ( मिश्र) । झोला बोकेका व्यवसायी भन्ने बित्तिकै उनकै नाम आउ“छ । सबैले चिन्छन् । २०३६ सालको जनमत संग्रहको समयमा झापाको दमकमा लुटिएका व्यवसायी हुन मुरलीधर शर्मा (मिश्र) । त्यसबेला हाटबजारमा रहेको शर्मा सहित सयौ व्यापारीको पसल झोडाबासीले








