आइएमई ग्रुपको अगुवाइमा साढे २ अर्ब लगानीमा लुम्बिनीमा बन्ने केवलकार यस्तो हुने छ
नेपालगन्ज । व्यवसायिक घरना आइएमई ग्रुपको अगुवाइमा बुटवलदेखि पाल्पासम्म ३ किलोमिटर लामो लुम्बिनी केवलकार सञ्चालनमा आउने भएको छ । लुम्बिनी केवलकार प्रालिले निर्माण गर्न लागेको आयोेजनाको कुल लागत साढे ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
काम सुरु भएको २ वर्षमा सो केवलकारकार सञ्चालनमा आउने कम्पनीले जनाएको छ । लुम्बिनी केलवकारको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान बुटवलमा शिलान्यास गर्दैछन ।









