असामान्य अवस्थाका कारण बाँकेका उद्योग तत्काल खोल्न कठिनाई
नेपालगन्ज २७ बैशाख : सरकारले बैशाख २६ गतेबाट ४४ प्रकारका उद्योग सन्चालन गर्ने अनुमति दिएपनि बिशिष्ट परिस्थितीका कारण बाँकेमा भने तत्काल उद्योग खोल्न असम्भव भएको छ ।
नेपालगन्जमा २४ जनामा कोरोना संक्रमण देखिएको र उनीहरुको संगतमा रहेकाहरुको पनि परीक्षण भइरहेका छ । यस्तो बेला अन्य सामान्य अवस्थाका जिल्लाको जस्तो गरी उद्योग सन्चालन गर्ने अनुमति नदिने जिल्ला प्रशासन कार्यालय बाँकेले स्पष्ट पारेको छ ।