बाँकेमा तीन वर्षयता दुध र मासुको उत्पादन जहाँको त्यही
नेपालगन्ज : बाँके जिल्लामा तीन वर्षयता दुध र मासुको उत्पादन जहाँको त्यही अवस्थामा रहेको पाईएको छ । सरकारी तथा गैरसरकारी निकायले जतिसुकै प्रोत्साहन गरेको दाबी गरे पनि जिल्लामा नत दुध उत्पादन बढ्न सकेको छ नत मासुकै उत्पादन बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७२ र २०७३ यता मात्र हेर्ने हो भने दुध र मासुको उत्पादन बढ्न नसकेको देखिन्छ ।









