नरैनापुरमा एमालेको शक्ति प्रदर्शन,रामकुमार दिक्षित सहित ठुलाे संख्यामा पार्टी प्रवेश
नेपालगञ्ज, पुस १७ । बाँकेको नरैनापुरमा विभिन्न पार्टी परित्याग गरि चार हजार बढि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । शनिबार नरैनापुरमा आयोजित कार्यक्रममा जसपाका केन्द्रीय सदस्य रामकुमार दिक्षित सहितको समूहलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा प्रवेश गराउनुभयो ।
संगठनात्मक रुपमा कमजोर नरैनापुर शनिबारदेखि मजबुत भएको एमाले बाँकेका इन्चार्ज तथा केन्द्रीय सदस्य सुर्य ढकालले बताउनुभयो ।









