भेरी–बबई डाइभर्शन आयोजनाको विद्युतगृहको निर्माण कहिले ?
सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्शन बहुउद्देश्यीय आयोजनाको विद्युत्गृह निर्माण अझै शुरू हुन सकेको छैन । आयोजनाको बाँध निर्माण ३० प्रतिशत सम्पन्न भइसक्दा समेत विद्युत्गृह निर्माणको टुंगो लागेको छैन । यसले आयोजना तोकिएकै समयमा सम्पन्न हुनेमा शंका बढाएको छ ।
आयोजनामा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेशिन ९टीबीएम०ले सुरुङ निर्माण सम्पन्न गरेको १ वर्षभन्दा बढी भइसक्दा समेत बबईमा विद्य









