कुनै बेला गरिबीको चपेटामा परेको देश बन्यो विश्वकै दोस्रो कपडा निर्यातकर्ता
ढाका। ढाकाको ब्यस्त सडकबाट दुई घण्टा दक्षिणतर्फ लागेपछि एउटा धुलौटे सडक आउँछ। रिक्साबाट त्यो धुलौटे सडक पार गर्दा पुगिन्छ एउटा अत्याधुनिक गार्मेन्ट फ्याक्ट्री जहाँ दैनिक ४८ सय कामदार सिलाइकटाइमा ब्यस्त हुन्छन्।
यो उद्योग सामान्य गार्मेन्ट होइन। स्विडेनको एच एण्ड एम र बेलायतको मार्क एण्ड स्पेन्सर ब्राण्डका आधुनिक सुट तगा पहिरन उत्पादन गर्ने युनिभर्सल मेन्सवेयरको अत्याधुनिक फ्याक्ट्री हो जसले









