नियमित समाचार
आन्तरिक उडान खुलाउने निर्णयसँगै यती एयरले खुलायो बुकिङ
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले असोज ५ गतेबाट आन्तरिक उडान खुलाउने निर्णय गरेसँगै यती एयरलाइन्सले बुकिङ खुला गरेको छ ।
यतीसँगै तारा एयरले पनि बुकिङ खुला गरेको प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए । ‘तत्कालका लागि यस अघि तोकेको गन्तव्यका लागि खुल्ला गरेका छौं’ प्रवक्ता बर्तौलाले भने, ‘सरकारी निर्णय नआएको कारणले हामीपनि केहि अन्यौलमै छौं ।’
सोमबार साँझ आन्तरिक उडान खुलाउने
प्यानको अनलाइन र करचुक्ता सम्बन्धी काम अब संघबाटै, कर सेवा केन्द्रको उद्घाटन
नेपालगन्ज ३० भदौ : नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय, नेपालगन्जको समन्वयमा व्यवसायिक कर सेवा तथा परामर्श केन्द्र सन्चालनमा ल्याएको छ ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उक्त सेवा केन्द्रको मंगलवार रिवन काटेर उद्घाटन गरे । सेवा केन्द्रबाट नयाँ व्यवसायी एवं करदाताहरुका लागि बार्षिक बिस लाखसम्म ब्याबसायी कारोबार गर्ने ( डे वान फारम भर्ने ) कर चुक्ता प्रमाण पत्र , प्यान
नागरिक स्वास्थ्यप्रति संधै संवेदनशिल छौं तर अब लकडाउन थेग्न सकिदैन-अब्दुल वाहिद मन्सुरी
नेपालगन्ज उद्योग वाणिज्य संघको केही दिन अघि बसेको बैठकले असोज १ गतेदेखि आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्णरुपमा हटाउन माग गरेको छ । उपभोग्य एवं अत्यावश्यक सामान उत्पादन तथा विक्री वितरण गर्ने कार्य प्रभावित भएको भन्दै संघले लकडाउन र निषेधाज्ञा हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेसंग माग गरेको हो ।
साढे पाँच महिना झेल्नसम्म झेलियो । अब झेल्नै नसकिने अवस्था आयो । त्यसकारण अब असोज १ गतेबाट पूर्णर
बामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफरिस गर्ने सरकारको निर्णय
सरकारले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको राष्ट्रियसभामा रिक्त रहेको एक सदस्य पदमा गौतमको नाम सिफरिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
नेकपाले राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सरकारलाई सिफारिस गरेको थियो । पार्टीको निर्णयको आधारमा सरकारले गौतमलाई राष्ट्रियसभ
असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात संचालन गर्ने सरकारको निर्णय
काठमाडौं- सरकारले असोज ५ गतेबाट आन्तरिक उडान र सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सरकारले असोज ५ गतेबाट यी दुवै सेवा संचालन गर्न अनुमति दिने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
सरकारले चैत ११ गते लकडाउन लागू गर्नुभन्दा पहिले नै यी दुवै सेवा संचालनमा रोक लगाएका थिय
निजी ल्याव सन्चालकले भने, -२ हजारमा कोरोना परीक्षण सम्भव नहुने कुरा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को पिसिआर परीक्षण सबै प्रयोगशालाले सबै शुल्कसहित अधिकतम २ हजार रुपैयाँ तोकिएको प्रति निजी अस्पतालहरूले नमान्ने भएको छ।
मन्त्रालयले आइतबार सूचना जारी गर्दै कोभिड परीक्षण गर्ने प्रयोगशाला तथा अस्पताललाई उक्त निर्देशन दिएको थियो।
निजी प्रयोगशालाहरुले सोमबार संयुक्त विज्ञप्ति निकालेर उक्त शुल्कमा कोरोना संक्रमितको पिसिआर परीक्षण गर्न नसकिने जनाएको छ।
बालदिवशको निवन्ध प्रतियोगिताको नतिजा सार्वजनिक, बाँके र बर्दियाका यि विद्यार्थी उत्कृष्ट
नेपालगन्ज २९ भदौ - बालदिवशको अवसरमा सामाजिक विकास डिभिजन कार्यालय बाँकेले लिएको निवन्ध प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ ।
भ्याटका करदाताको अभिलेख बायोमेट्रिक प्रणालीमा
काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका करदाताको अभिलेख वायोमेट्रिक प्रणालीमा अध्यावधिक गर्न सुरु गरेको
छ । यो काम चालु आर्थिक वर्षको अन्तिमसम्म सक्ने लक्ष्य राखिएको छ ।
अर्थ मन्त्रालयका अनुसार साउन महिनामा मात्र कुल ६ हजार ८ सय ४९ करदाताको विवरण बायोमेट्रिकमा अध्यावधिक भइसकेको छ ।
आन्तरिक राजस्व विभागका अनससार २०७८ असार मसान्तसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै
भेरी अस्पतालको ल्यावमा कार्यरत कर्मचारी सहित बाँकेमा सोमवार २९ जना संक्रमित थपिए
भेरी अस्पतालको ल्यावमा कार्यरत कर्मचारी सहित बाँकेमा सोमवार २९ जना संक्रमित । भेरी अस्पतालको ल्याबमा लामो समयदेखि कार्यरतलाई संक्रमण भएको हो ।

