बाँकेमा मंगलवारसम्म निषेधाज्ञा लागु
बाँके २३ साउन : बाँकेमा गत आइतवारदेखि लगाइएको निषेधाज्ञाको समयावधि मंगलवार राती १२ बजेसम्म थप गरिएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा द्रुत गतिमा बढ्दै जान थालेपछि शनिवारसम्म जारी गरिएको निषेधाज्ञाको समय आगामी मंगलवार रातीसम्म थपिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमै कोरोना संक्रमित बढ्दै गएको र शुक्रवार मात्र बाँकेमा ४९ जना संक्रमित थपिए









