नियमित समाचार

हिमालय बैंकसंगको सहकार्यमा जनमत अद्र्ध साप्ताहिकद्धारा रक्तदान कार्यक्रम आयोजना

हिमालय बैंकसंगको सहकार्यमा जनमत अद्र्ध साप्ताहिकद्धारा रक्तदान कार्यक्रम आयोजना

   
नेपालगन्ज : जनमत अद्र्ध साप्ताहिकले हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय समिति र नेपालगन्ज शाखासंगको सहकार्यमा शनिबार आयोजना गरेको वृहद् रक्तदान कार्यक्रममा ६ जना महिला सहित ६७ जनाले रक्तदान गरेकाछन् । कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारी लगायतले रक्तदान गरे । त्यस्तै जुक्ता चप्पल व्यवसायीहरुले समेत शनिबार रक्तदान गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर र
सडक ढाक्ने त्यो असिना

सडक ढाक्ने त्यो असिना

   
नेपालगन्ज : पहाडी जिल्लाहरु हिउँले सेताम्मे छन् । हिउँका कारण जनजीवन प्रभावित भएको छ नै त्यही हिउँमा रमाउनेहरुको पनि कमी छैन । नेपालगन्ज जस्ता तराईका शहरमा हिउँ नै नपरेपनि शुक्रबार रातभर हिउँ जस्तै असिना परेको थियो । मस्त निन्द्रामा रहेका नेपालगन्जका सर्बसाधारणलाई असिनाले ब्युझायो । कतिले हिउँको डल्लो जस्तो असिनाको तस्बिर आफ्नो मोवाईलमा कैद गरेर सामाजिक सन्जालहरुमा शेयर गर्न भ्याउनुभयो ।
सरकारी गाडीको साँचो नेविसंघको कब्जामा

सरकारी गाडीको साँचो नेविसंघको कब्जामा

   
बाँके : पोखरामा पक्राउ परेका नेताहरुको रिहाईको माग गर्दै नेपाल बिद्यार्थी संघ, बाँकेले शुक्रबार नेपालगन्जमा चलेका सवारीसधान रोकेको छ । बिपिचोकमा जम्मा भएका संघ आवद्ध बिद्यार्थीहरुले दिउँसोसम्म आधा दर्जन सरकारी गाडी रोकेर साँचो नियन्त्रणमा लिएका छन् । बिद्यार्थीहरुले कार्यालयकै काममा लागि चलेका गाडी रोकेपछि सरकारी कामकाज प्रभावित भएको छ । संघले भोली शनिबार पनि गाडी नियन्त्रणमा लिने बताएको छ ।
प्रदेश राजधानीमा घर हुने नेकपा सांसदहरू घरभाडा नलिने

प्रदेश राजधानीमा घर हुने नेकपा सांसदहरू घरभाडा नलिने

   
बीपी गौतम/रुपन्देही : प्रदेश ५ को प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदहरूले घरभाडा नलिने घोषणा गरेका छन् । प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदहरूलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेको थियो । सोही निर्णय अनुसार नेताहरू आफूले लिँदै आएको घरभाडा माघ महीनादेखि लागू हुने गरी नलिने निर्णय भएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए
आज शुक्रबारको मौसम पूर्वानुमान

आज शुक्रबारको मौसम पूर्वानुमान

   
माघ २५ गते (शुक्रबार) दिउँसो :   देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ | देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको १-२ स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ| राति : देशभर सामान्य बदली रहने देखिन्छ।
बाँकेमा तीन वर्षयता दुध र मासुको उत्पादन जहाँको त्यही

बाँकेमा तीन वर्षयता दुध र मासुको उत्पादन जहाँको त्यही

   
नेपालगन्ज : बाँके जिल्लामा तीन वर्षयता दुध र मासुको उत्पादन जहाँको त्यही अवस्थामा रहेको पाईएको छ । सरकारी तथा गैरसरकारी निकायले जतिसुकै प्रोत्साहन गरेको दाबी गरे पनि जिल्लामा नत दुध उत्पादन बढ्न सकेको छ नत मासुकै उत्पादन बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७२ र २०७३ यता मात्र हेर्ने हो भने दुध र मासुको उत्पादन बढ्न नसकेको देखिन्छ ।
एनसेलबाट थप २० अर्ब रुपैयाँ लाभकर उठाउन सकिने सम्भावना, व्याज मात्रै छ अर्ब रुपैयाँ तिर्नुपर्ने

एनसेलबाट थप २० अर्ब रुपैयाँ लाभकर उठाउन सकिने सम्भावना, व्याज मात्रै छ अर्ब रुपैयाँ तिर्नुपर्ने

   
काठमाडौं। एनसेलको शेयर बिक्रीमा लाग्ने पूँजीगत लाभकर एनसेल र एक्जिएटा (टेलियासोनेराबाट एनसेल किन्ने कम्पनी)बाट कर असुली गर्न सर्वोच्च अदालतको बृहत् पूर्ण इजलाशले फैसला सुनाएसँगै प्रश्न उठेको छ, अब एनसेलले कति कर तिर्नुपर्छ? एनसेल बिक्री प्रकरणमा ठूला करदाता कार्यालयले एक खर्ब ४४ अर्ब रुपैयाँ बिक्री मूल्य आधार मानेर यसअघि कर निर्धारण गरिसकेको छ। कार्यालयले टेलियासोनेराका नाममा ३
भारतीयलाई अनिवार्य श्रम स्वीकृतिको सर्कुलर बिवादित, नेपालगन्जलाई पार्ने प्रभाव के हो ?

भारतीयलाई अनिवार्य श्रम स्वीकृतिको सर्कुलर बिवादित, नेपालगन्जलाई पार्ने प्रभाव के हो ?

   
नेपालगन्ज : सरकारले उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिन कडाई गर्ने बिषयमा श्रम तथा रोजगार मन्त्रालयभित्र लफडा भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा बिभागले त्यस्तो परिपत्र गरेपनि मन्त्रालयकै अर्को बिभागले भने मंगलबार खण्डन गरेको छ । भारतीय कामदारलाई समेत श्रम स्वीकृति अनिवार्य गरिएको मन्त्रालयको सर्कुलरसहित सन्चारमाध्यमले समाचार प्रकाशित भएलगत्तै श्रम, रोजगार
हवाईजहाजमा यात्रा नै नगरी भत्ता असुल्ने दूरसञ्चार कार्यालय घोराहीका कर्मचारी बिरुद्ध मुद्दा

हवाईजहाजमा यात्रा नै नगरी भत्ता असुल्ने दूरसञ्चार कार्यालय घोराहीका कर्मचारी बिरुद्ध मुद्दा

   
नेपालगन्ज : हवाईजहाजमा यात्रा नै नगरी यात्रा गरेको भन्दै कार्यालयबाट पैसा लिने नेपाल टेलिकम दूरसञ्चार कार्यालय घोराही, दाङमा कार्यरत तीन जना कर्मचारी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकम दूरसञ्चार कार्यालय घोराही, दाङमा कार्यरत तत्कालीन सहायक प्राविधिक अधिकृत अनिलकुमार आचार्य, तत्कालीन प्राविधिक अध
साईगाउँमा सशस्त्र प्रहरीको बिओपी

साईगाउँमा सशस्त्र प्रहरीको बिओपी

   
बाँके : सशस्त्र प्रहरीले बाँकेको जानकी गाउँपालिका साईगाउँमा पर्ने बढ्ैया भन्ने सीमाक्षेत्रमा बोर्डर आउट पोष्ट स्थापना गरेको छ । सोमबार सशस्त्र प्रहरीका डिआईजि चिरञ्जीवी अधिकारीले बोर्डर आउट पोष्टको उद्घाटन गरे । बोर्डर आउट पोष्ट स्थापना पछि त्यसक्षेत्रमा हुने चोरीपैठारी, अपराध र सीमा अतिक्रमणको समस्या समाधान हुने युवा संघ बाँकेका अध्यक्ष किशोर थापाले जानकारी दिए । थापाकै पहलमा उक्त क्षेत्रमा