१५ हेक्टर जग्गामा आलु खेती गर्दै हिरमिनियाका कृषक
बाँके : बाँकेको डुडुवागाउँपालिका हिरमिनिया पटवारीपुरका किसानहरुले १५ हेक्टरमा व्यवसायिक आलु उत्पादन सुरु गरेका छन् । परम्परागतरुपमा एक दुई कठ्ठामा आलु खेती गर्दै आएका त्यहाँ पच्चिस जना किसानहरुले यतिबेला साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना नेपालगन्जबाट अनुदान सहयोग लिएर ठुलो परिणाममा आलु उत्पादन सुरु गरेका छन् ।
तरकारी उत्पादनको पकेटक्षेत्रका रुपमा रहेको हिरमिनियामा सुरु गरिएको आलु उत्पाद