
आर्थिक वर्ष २०७०/०७१ सम्म विवरण नबुझाउने करदातालाई भ्याट दर्ताको सूचीबाट हटाउने तयारी
बिजमाण्डु /काठमाडौं: आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका करिब १३ हजार करदातालाई हटाउने भएको छ। आर्थिक वर्ष २०७०/०७१ सम्म विवरण नबुझाउने ती करदातालाई भ्याट दर्ताको सूचीबाट हटाउने तयारी गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ।
विभागका उपमहानिर्देशक एवं प्रवक्ता यज्ञ ढुंगेलले विभिन्न कर कार्यालयबाट प्राप्त विवरणका आधारमा ती करदातालाई भ्याटको दर्ताको सूचीबाट हटाउने तय भएको