नेपालगन्जदेखि दिल्ली बस सेवा शुरु हुँदै, मुख्यमन्त्री पोखरेलले उद्घाटन गर्ने
बाँके : भेरी यातायात प्रालिले नेपालगन्जदेखि रुपैडिहा दिल्ली नियमित बस सेवा सुरु गर्ने भएको छ । नेपाल भारत यात्रुमैत्री बस सेवा पुस १४ गतेबाट शुरु हुने भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बस सेवाकोे उद्घाटन गर्ने छन् ।
नेपालगन्जबाट अरु बसहरुले दिल्लीसम्म यात्रु लैजाने गरे पनि उनीहरु बैध होइनन् । पर्यटकका रुपमा लैजाने अनुमति पाएका








