सहकारी अभियानका तेश्रो लिङ्गी भन्छन्–‘जवानीको बचत, बुढेसकालको सहारा बन्छ’
बाँके : ‘जवानीमा कमाएको पैसा बचत गर्दा बुढेसकालमा सहारा बन्छ रे ।’– तेश्रो लिङ्गी लाली थारुले भनिन्, –‘ त्यसै पनि हामीलाई कसैले हेर्नेवाला छैन । कम्तिमा अहिले बचत गर्ने हो भने त्यही पैसा पछि आफ्ना लागि काम लाग्ला ।’ जवानीमा कमाएको पैसा बचत गरेर बुढेसकालमा त्यसैलाई सहारा बनाउने सोंचे आएपछि लाली एक वर्ष अघि नेपालगन्जमा रहेको गृहिणी बहुउदेश्यीय सहकारी संस्थाको सदस्य बनिन् । सहकारीको सदस्य बने









