जब एयर होस्टेसले सिरियस प्रोबलम आयो, छिटो-छिटो ओर्लिनुस् भन्दै यात्रुहरुलाई ओराले
अनलाइनखबरबाट
१० फागुन, काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज जाने तयारीमा रहेको श्री एयरलाइन्सको हवाई जहाजमा ‘गम्भीर समस्या’ आएको भन्दै अन्तिम समयमा उड्नबाट रोकिएको छ ।
शनिबार बिहान साढे आठ बजे सो हवाई जहाज नेपालगञ्ज उड्ने तयारीमा थियो । तर, एयर होस्टेसहरुले हवाई जहाजमा बसिसकेका यात्रुहरुलाई हतार-हतार ओरालेका छन् ।
‘इन्जिन स्टार्ट गरेर पाइलटले विमानस्थल टावरबाट उड्ने अनुमतिसमेत लिइसकेका थि









